बजारमा चलेको ब्याज दर भाउ

न्यून शुल्कमा सल्लाह अनी सेवाको लागि सम्झनुहोस्

बजारमा चलेको ब्याज दर भाउ तथा यस्का कयौ कुराहरु थाहा नपाउने गरी ब्याज दरले हामीलाई नोक्सान भएको हामीले चालै पाईदैन र ब्याज दर संख्यामा थोरै देख्ने बित्तिकै ठीक छ भन्ने लाग्छ तर वास्तवमा त्यो सत्य होइन, त्यस कारण  न्यून शुल्कमा नै सर-सल्लाह र सेवा पाईन्छ भने कृपया एक जनासँग होइन कम्तिमा पनि तीन चार  जनासँग सल्लाह गरी हेर्नुहोस् अनि मात्र निर्णय  लिनुहोस  ठीक छ भनेर, हाम्रो उद्देश्य  भनेको बजारलाई  एकलौती  बजार हुनबाट  बचाई  प्रतिस्पर्धात्मक बनाउनु हो जहाँ  उपभोक्तालाई फाइदा होस । यदी यहाँलाई हाम्रो सेवा मन पर्ने अनि अरुको तुलनामा राम्रो  दर भाउमा फरक पाउनु हुन्छ भने  हामी यहाँलाई हाम्रो सेवाको लागि स्वागत  गर्नेछौ र यदि हाम्रो कारण हजुरले कहिँ पनि न्यून शुल्कमा सर सल्लाह अनि सेवा पाउनु हुन्छ भने त्यहाँ देखि नै सेवा लिन सक्नु हुनेेेेछ र  लिनुहोस हामीसंगबाट नै परामर्श अनि सेवा लिनु पर्छ भन्ने  यहाँहरुलाई कुनै बाध्यता  छैन र यही नै हाम्रो सफलता हुुुुनेछ।

“न्यून शुल्कमा नै सर-सल्लाह अनि सेवा  पाईन्छ भने कृपया एक जनासँग होइन कम्तिमा पनि तीन चार  जनासँग  सर-सल्लाह गरी हेर्नुहोस अनि मात्र निर्णय लिनुहोस् कहाँ कुन ठीक छ भनेर हाम्रो उद्देश्य  भनेको बजारलाई  एकलौती  हुनबाट  बचाई  प्रतिस्पर्धात्मक बनाउनु हो जहाँ  उपभोक्तालाई फाइदा होस”।

त्यो मात्र नभै हामीले घर नजिकको, मेरो जात, साथीले सल्लाह दिएको, धेरै बर्ष देखी यही पेशा गरेको मान्छे भनेर अन्ध्यारोमा हाम नफाल्नुस् किनकी जति हजुरलाई पैसाको माया लाग्छ त्यो भन्दा बढी ब्यापारीलाई लाग्छ र कसरी हुन्छ बढी चार्ज गर्न पाए हुन्थ्यो भन्ने सोच ब्यापारीको हुन्छ त्यसैले त्यसरी कहिले पनि निर्णय नलिनुहोस् जस्मा अली अली गरी कम्तिमा पनि दुई बर्षको अवधीमा निक्कै ठुलो नोक्सान हुनेछ। हजुरहरुलाई पक्कै पनि थाहा होला नै कि यहाँ नेपालीले नेपालीलाई नै ठग्ने प्रयास बढी हुन्छ किनकी हामीले सजिलै विश्वाश गर्छौ र यो हामीले भोगेको अनि देखेको कुरा हो । समय निकालेर यता ऊती सबैसँग सोध्ने गर्नुहोस् साथै भन्नुहोस् मैले यहाँ देखी यो  दर भाउमा पाएको छु हजुरले कति सम्म मिलाउन सक्नु हुन्छ? अनि यदि हजुरलाई अरु ठाउँबाट भन्दा राम्रो दरमा पाउनु भयो भने बल्ल कागज पत्रमा हस्ताक्षर गर्नुहोस्  र अगाडि बध्नुहोस् बरु, हजुरले दया गर्नु हुन्छ भने यसरी बचेको पैसा नेपालमा अथवा कुनै पनि देशका दुखी मान्छेलाई दान गर्नुहोस् पुन्य हुने छ। यस कारण यहाँहरुले हाम्रो संपर्क विस्तार राख्न नभुल्नु होला ।